Aamsanchar

ब्राउन सुगरसहित १० जना पक्राउ

Author Image
सोमवार, माघ १६, २०७९

सिरहा – सिरहामा ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन् । नवराजपुर गाउँपालिका वडा नम्बर २ मझौरा टोलमा रहेको ओमप्रकाश यादवले आफ्नो घरबाट अवैध लागुऔषध बेचबिखन गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका २ का ओमप्रकाश यादव, अमितकुमार यादव, देवरामकुमार यादव, लहान नगरपालिका १२ का मदनकुमार चौधरी र नरसिंह चौधरी रहेका छन् । यस्तै लहान नगरपालिका ५ का इरफान हुसेन, लहान १ का कृष्णा पासमान, सप्तरीको शम्भुनाथ नगरपालिका १२ का रमेश पासमान र सुरेशकुमार पासमानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ब्राउन सुगर २८ ग्राम, लागुऔषध तौलने डिजिटल मेशिन एक थान, मोबाइल आठ थान, मोटरसाइकल चार थान र नगद चार हजार आठ सय ८५ रुपैयाँ बरामद गरेको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर