Aamsanchar

अरुण तेस्रोको सुरुङभित्र ‘ब्लास्टिङ’ गर्ने क्रममा एक जना कामदारकाे ज्यान गयाे, दुई घाइते

Author Image
मङ्गलवार, माघ १७, २०७९

सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र ‘ब्लास्टिङ’ गर्ने क्रममा एक जना कामदारकाे ज्यान गएकाे छ भने दुई जना घाइते भएका छन् ।

आज मङ्गलवार पावर हाउसको सुरुङभित्र ब्लास्टिङ गर्ने क्रममा सिन्धुपाल्चोककाे पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ का २२ वर्षीय सूर्य गोले तामाङको ज्यान गएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयाे । यस्तै ब्लास्टिङ गर्ने क्रममा भोजपुर नगरपालिका ४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ र पाँचपोखरी ५ कै ३८ वर्षीय मंगोल तामाङ घाइते हुनुभएकाे छ ।

सुरुङभित्र ब्लास्टिङ गर्ने क्रममा घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल खाँदबारी लगिएकाेमा सूर्य गाेले तामाङकाे उपचारका क्रममा ज्यान गएकाे हाे । घाइते दुई जनाकाे अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर उनीहरू घाइते भएका थिए ।

चिचिला गाउँपालिका ३ पुखुवामा ९०० मेगावाटको अरुण तेस्रोको पावर हाउस रहेको छ भने मकालु गाउँपालिका ५ फ्याक्सिन्दा ड्यामसाइड रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर