Aamsanchar

प्रहरीद्वारा ११ क्विन्टल ४० किलो अखाद्य मह नष्ट

Author Image
मङ्गलवार, माघ १७, २०७९

कपिलवस्तु – कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ क्विन्टल ४० किलो अखाद्य मह नष्ट गरेको छ ।

प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार सो परिमाणको मह ७६ डिब्बामा बेच्नका लागि अन्यत्र पठाउन लागिएको अवस्थामा बरामद गरिएको हो ।

विभिन्न हानिकारक तत्व मिसाएर बनाइएको सो महको बजार मुल्य रु दुई लाख ८५ हजार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर