Aamsanchar

प्रतिबन्धित औषधीसहित भारतबाट नेपाल आउँदै गरेका एक जना प्रक्राउ

Author Image
बिहिवार, माघ १९, २०७९

मोरङ- मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा बाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । हिजो दिउसो भारत जोगवनीबाट नेपाल तर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे २ मोरङका २५ बर्षीय बिवेक मोतेलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले संखा लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक ४९ एम्पुल, एभिल ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुल सहित २०२ एम्पुल बरामद गरेको हो ।
प्रतिबन्धित औषधी सहित प्रक्राउ परेका मोतेको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)