Aamsanchar

पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल आईसीयूमा

Author Image
शुक्रवार, माघ २०, २०७९

काठमाडौं : पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन्।दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्।

स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

‘मृगौलामा समस्या देखिएपछि साताको दुई दिन डायलासिस गराइरहनु भएको थियो’, भण्डारीले भने, ‘थप समस्या देखिएपछि उहाँ म‌गलबारदेखि आईसीयूमा हुनुहुन्छ।’ कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रवक्ता भण्डारीले बताए।

कटवाल २०६३ भदौ २४ देखि प्रधानसेनापति भएका थिए। २०६६ साल वैशाख २० उनलाई प्रधानसेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास असफल भएको थियो। यही प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 456

प्रतिक्रिया (०)

सम्बन्धित खबर