Aamsanchar

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २० वर्षीया युवतीको मृत्यु, दुवै सवारीका चालक फरार

Author Image
सोमवार, माघ २३, २०७९

बझाङ : केदारस्यूँ गाउँपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार अन्दाजी १८/२० वर्षकी युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए।

गाउँपालिकाको वडा नम्बर २ र ४ को सिमाना बजुवा बगर नजिक धनगढीबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालबाहक ट्रकले सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो।

​​घटनालगत्तै मोटरसाइकल चालक र ट्रक चालक फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर