


डाेटी – डोटीको शिखर नगरपालिकाले अलपत्र परेकी एक महिलाको उद्धार गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाको सिलगढी बजारमा अलपत्र परेकी शिखर नगरपालिका–१० बानेडुग्रीसैनकी दुर्गादेवी बलायरको उद्धार गरिएको हो ।
बलायर एक हप्तादेखि जिल्ला सदरमुकाम सिलगढी बजारमा अलपत्र पर्नु भएको थियो । मानसिक रोगको औषधि खाइरहेकी उहाँ कसरी सिलगढीमा पुग्नुभयो भन्ने खुलेको छैन ।

बलायर सिलगढी बजारमा रहेको खबर पाएपछि शिखर नगरपालिकाका उपमेयर सुनिता रावलको पहलमा उहाँको उद्धार गर्नु भएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 177