


काठमाडौं – काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको अस्थायी विटमा डोजर चलाएको छ ।
महानगरले मंगलबार दिउँसो प्रहरी विटमा डोजर लगाएको हो । फुटपाथ मिचेर प्रहरी बिट बनाइएकाले त्यसमा डोजर चलाएको महानगरले जनाएको छ । प्रहरी विट भत्काउन प्रहरीसँग समन्वय गरिएको पनि महानगरको भनाई छ ।काठमाडौं महाननगरको प्रहरी टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेर खाली गरेका थिए । पछिल्लो समय महानगरले फुटपाथ र सडक मिचेर बनाइएकन संरचनाहरु हटाउँने अभियान संचालन गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 113