Aamsanchar

काँकरभिट्टा र भद्रपुरबाट भन्सार छलीको सामान बरामद

Author Image
आइतवार, माघ २९, २०७९

झापा- झापाको काँकरभिट्टा र भद्रपुरबाट अवैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको करिव १ लाख ८० हजार मुल्य बरावरको बिभिन्न प्रकारका सामानहरु प्रहरीले बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले  मेचिनगर-६ गैरी गाँउ बाट बिभिन्न प्रकारका कपडा, झोला र पुजामा प्रयोग हुने सामानहरु करिव १ लाख १२ हजार बरावरको बरामद गरेको हो । यता वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-५ मा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको ९ बोरा ९३४२ किलो ग्राम तयारी चियापत्ती बरामद गरेको हो । बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (१)

सम्बन्धित खबर