Aamsanchar

अवैधरुपमा राखेको खाध्यान्नका सामग्री मोरङबाट बरामत

Author Image
सोमवार, फागुन १, २०७९

झापा – मोरङको बिराटनगर महानगरपालिका-१५ बैङ्क रोड स्थितबाट अवैधरुपमा राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

गत सुक्रवार राती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ कि सरिता मिश्राको डेरा कोठामा राजश्व छलि गरी अबैध रूपमा लुकाई छिपाई राखेको अवस्थामा मरिच ७ सय २० किलो ग्राम ९२४ बोरा, मसला ३ सय ५० प्याकेट र नरिवल ३० किलो ग्राम बरामद गरेको हो ।

बरामद गरिएका करिव ७ लाख ७० हजार ६ सय बरावरको अवैध खाद्य सामग्रीहरू र सरिता मिश्रा समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (१)

सम्बन्धित खबर