Aamsanchar

पाँच लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जना पक्राउ

Author Image
बुधवार, फागुन ३, २०७९

बाँके : नेपालगञ्जबाट पाँच लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरूलाई पक्राउ गरेको हो।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपिण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट ५६९ थान बरामद गरेको छ।

रानाका साथबाट ४१८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट १५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट  बरामद गरिएको छ। नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर