Aamsanchar

गोवर्धन मठका स्वामी निश्चलानन्द सरस्वती शङ्कराचार्य भाेलि नेपाल आउने

Author Image
बुधवार, फागुन ३, २०७९

काठमाडौं : जगन्नाथपुरीस्थित गोवर्धन मठका स्वामी निश्चलानन्द सरस्वती शङ्कराचार्य बिहीबार नेपाल आउने भएका छन् ।आइतबार पाशुपत क्षेत्रमा हुने कार्यक्रमका लागि शंकराचार्य नेपाल आउन लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागेको कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले जानकारी दिए।

सत्संग, प्रश्नोत्तरी कार्यक्रम तथा उनको आशीर्वचन कार्यक्रम तय भएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर