Aamsanchar

नेपाली सेनाद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न वितरण

Author Image
शनिवार, फागुन ६, २०७९

विराटनगर :  महाशिवरात्रि  एवम् नेपाली सेनाको २६० औँ वार्षिकोत्सवको आवसरमा  नेपाली सेनाले मानवसेवा आश्रमलाई खाद्यान्न वितरण गरेको  छ।

भैरव गणले श्री पूर्व पृतना हेटक्वाटर तथा श्री नं. २ बाहिनी अड्डाको समन्वयमा आज (शनिबार) विराटनगरमा रहेको मानसेवा आश्राममा खाद्यान्न वितरण गरेको हो।

आन्तरिक स्रोतबाट आश्रममा आश्रितहरुका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरु हस्तान्तरण गरिएको छ। सो सामाग्रहीहरु  पूर्वी पृतना हेटक्वाटर का पृतनापति उपरथि सहदेब खड्काद्धारा हस्तान्तरण गरिएको हो।

खाद्यन्न हस्तान्तरणा कार्यक्रममा आश्रममा उपस्थित सम्पूर्ण सुभचिन्तकलाई शिवरात्रि एवम् सेना दिवसको शुमकामनासमेत दिएका थिए। भने सोही अवसरमा  आश्रममा आश्रीतहरुलाई खानासमेत खुवाइएको थियो।

मानव सेवा आश्रममा रहेका ६ जना बालकालिकासहित ६६ जना सहयोगापेक्षीहरुका लागि  करिब एक महिनाका लागि आवश्यक  खाद्यान्न सामग्री वितरण गरिएको  श्री भैरव गणका गणपति  प्रमुख सेनानी श्री अमृत थापा मगरले जानकारी दिए।

प्रमुख थापाका अनुसार  चामल, दाल, गेडागुडी,  चिनी लगायतका सामग्रीहरु वितरण गरिएको  छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर