Aamsanchar

ड्युटीमा रहेका एक प्रहरी जवान कन्चटमा गोली लागेको अवस्थामा मृत फेला

Author Image
बिहिवार, फागुन ११, २०७९

सर्खेत – सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ । उनका अनुसार घटना आज बिहान २ः५६ बजे तिरको हो । त्यतिबेला विक ड्युटीमै थिए । अहिले शव शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान गरिरहेको इन्सपेक्टर सोनारले जानकारी दिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर