Aamsanchar

मोरङमा दुई जनाको मृत्यु

Author Image
शनिवार, फागुन १३, २०७९

विराटनगर – ढिस्कोले पुरिएर र दुर्घटनामा परेर मोरङका अलग अलग स्थानमा दुई जनाको मृत्यु भएको छ।

केराबारी गाउँपालिका-७ मा ढुंगा निकाल्ने क्रममा खसेको ढिस्कोले पुरेर ५५ वर्षीय तेजबहादुर मगरको शनिबार मृत्यु भएको छ।

केराबारी-६ का मगरलाई खदम खेलामा गैंती प्रयोग गरेर ढुंगा निकाल्दै गर्दा खसेको ढिस्कोले बिहान १०:३० बजेतिर पुरेको थियो।

उद्दार गरेर उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याइएको थियो। प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले ११:३० बजेतिर मृत घोषणा गरेका हुन्।

धनपालथान गाउँपालिका-३ मा प्रदेश १-०२-००३ ह ४४०७ नम्बरको अटो दुर्घटना हुँदा चालक ३८ वर्षीय बुधलाल हजामको मृत्यु भएको छ। भित्री सडकखण्डमा शुक्रबार राति ९:४० बजेतिर दुर्घटना हुँदा उनी घाइते भएका थिए।

उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो। परिवारका सदस्यले घर फर्काएर लगेका हजामको शनिबार बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 672

प्रतिक्रिया (०)

सम्बन्धित खबर