Aamsanchar

आगलागीमा परेर एक वृद्धकाे ज्यान गयाे

Author Image
मङ्गलवार, फागुन १६, २०७९

लमजुङ – लमजुङमा आगलागीमा परेर एक वृद्धकाे ज्यान गएकाे छ ।  गएराति दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

कामी छाप्रोमा बस्दै आउनुभएकाे थियाे । चुलाेमा बालेकाे आगाे निभाउन बिर्सिँदा आगलागी भएकाे र अशक्तता कारण बाहिर निस्किन नसक्दा उहाँकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना  हुन नदिन सचेत बन्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (१)

सम्बन्धित खबर