Aamsanchar

चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको ज्यान गयाे, ९ जना गम्भीर घाइते

Author Image
आइतवार, फागुन २१, २०७९

ओखलढुङ्गा- ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको ज्यान गएको छ । ९ जना गम्भीर घाइते भएका छन् ।

चिसङ्खुगढी गाउँपालिका-३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको  ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जीपमा  ११ जना यात्रु थिए  । दुर्घटनामा घाइते हुनेमा तिर्थ लक्ष्मी थापा, शर्मीला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की रहेका छन् ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ ल्याइएको छ । घाइते भएका धेरैजसोको टाउकोमा चोट लागेको  प्रहरीले जनाएकाे छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर