Aamsanchar

झापाको बिभिन्न स्थानबाट भन्सार छलीको ३ बोरा स्पोर्टस मोजा र २ बोरा जुत्ता बरामद

Author Image
सोमवार, चैत ६, २०७९

झापा- झापा जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।आइतबार परिचालित प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा ३ वटा बोरामा प्याक गरेको स्पोर्टस मोजा र २ बोरा जुत्ता लगायतका सामानहरु बरामद गरेको हो ।
बरामद गरिएका करिव ५ लाख ९६ हजार रुपैया बराबरको सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर