Aamsanchar

दुई ट्रक एकापसमा ठोक्किंदा तिन जनाको मृत्यु

Author Image
शनिवार, चैत ११, २०७९

ढल्केवर(धनुषा) : धनुषामा २ ट्रक एकापसमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाईते भएका छन् ।

शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख. ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार एकजना गरी ३ जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको हो । उनीहरुको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक गौतमले बताए ।

घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1
Views: 1218

प्रतिक्रिया (०)

सम्बन्धित खबर