Aamsanchar

बिर्ताबजारमा ब्राउनसुगरसहित एकजना पक्राउ

Author Image
सोमवार, चैत १३, २०७९

बिर्तामोड- प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना बिर्ताबजारमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका वडा नं.४ बस्ने २७ वर्षिय सुरेश लिम्बू रहेका छन् । आइतवार साँझ ७.१५ बजे बिर्तामोड नगरपालिका वडा नं.३ पुण्डरी चौकमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट१६ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर