Aamsanchar

सिधुवामा सामुदायिक पुस्ताकालय स्थापना हुने

Author Image
सोमवार, चैत १३, २०७९

धनकुटा – धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ । स्थानीयको माग अनुसार सामुदायिक पुस्ताकलय भवनको शिलान्यास गरिएको हाे । कोशी राजमार्ग नजिकै निर्माण हुन लागेको पुस्तकालय द पिपुल अफ जापान तथा शान्ति भोलेन्टियर्स र रेड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो । आगामी १० महिनाभित्र पुस्तकालय भवन निर्माण हुने भएकाे छ ।

छथर जोरपाटी गाउँपालिका र स्थानीय समुदायको साझेदारीमा सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले निर्माण गर्न लागेको हो । यो पुस्तकालयमा पुस्तक पढ्ने ठाउँ मात्र नभई गाउँपालिका नागरिकहरुले चाहेको सिप सिक्ने थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको छथर जोरपाटी गाउँपालिका– ६ का वडाध्यक्ष दिपक गुरुङले बताउनुभयो।

पुस्तकालय रिड नेपालको १ करोड ६६ लाख १९ हजार ७ सय र स्थानीय साझेदारी ४९ लाख ७३ हजार ८६ रुपैयाँ गरी २ करोड १५ लाख ९२ हजार ७ सय रुपैयाँको लागतमा निर्माण हुने भएको छ । रिड नेपालले ४३ जिल्लामा ६९ वटा पुस्तकालय निर्माण गरी सकेको र यो ७० औं पुस्तकालयको रुपमा निर्माण हुँदै गरेको रिड नेपालका अध्यक्ष भोला कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पुस्तकालय निर्माण भएसँगै यस क्षेत्रका १ सय नागरिकहरुलाई सिपमूलक तालिम दिइने भएकाे छ। पुस्तकालय संरक्षकको रुपमा पालिकाको ६ वटै वडाध्यक्षहरुलाई संरक्षक र मुख्य संरक्षकको रुपमा पालिका अध्यक्ष र उपाध्यक्षलाई तोकिएको छ । २ रोपनी क्षेत्रफलमा निर्माण हुने पुस्तकालय पूर्वीपहाडी जिल्ला मै पहिलो नमूना हुने जनाइएकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर