Aamsanchar

पेस्तोल देखाई बैंकका कर्मचारीले बोकेको रकम लुटपाट गर्ने तीन जना पक्राउ

Author Image
सोमवार, चैत १३, २०७९

काठमाडौँ – ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीले बोकेको रकम लुटपाटमा संलग्न तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर १३ का जिवछ बिक, वडा नम्बर १९ सत्य नारायन मण्डल र कल्याणपुर नगरपालिका वडा नम्बर ८ का श्याम कुमार यादव रहेका छन् ।उनीहरुले गत फागुन ११ गते मिर्चैया नगरपालिका वडा नम्बर ३ मा ग्लोबलमा काम गर्ने कर्मचारीले मिर्चैयाको ९ लाख रकम लुटपाट गरेर फरार भएका थिए । बैंकको शाखा कार्यालय कल्याणपुरतर्फ लिएर जाने क्रममा उनीहरुले पेस्तोल देखाई रकम खोजेर फरार भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर