Aamsanchar

करिब ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा खल्ती वालेटका दुईजना कर्मचारी पक्राउ

Author Image
सोमवार, चैत १३, २०७९

कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ गरेको हो। उनीहरूमाथि करिब ७० लाख रुपैयाँ हिनामिनाको आरोप छ।

कम्पनीले नै दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेको सिआइबीले जनाएको छ। मोबाइल वालेटमा होल्डमा हुने कारोबारको हिसाब मिलाउन बनाइएको फन्डको रकम उनीहरूले डिजिटल कारोबारमार्फत आफूले प्रयोग गरी कम्पनीलाई ठगी गरेको कम्पनीको आरोप छ।

ठूलो रकम हिनामिना भएपछि कम्पनीले प्रहरीमा उजुरी गरेको थियो। गत साता पक्राउ परेका उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान अघि बढाएको सिआइबीका एसपी सञ्जयसिंह थापाले बताए।

#खल्ती वालेट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१