Aamsanchar

रुख काटेको मुद्दामा कैद र जरिवाना ताेकिएका फरार कसुरदार पक्राउ

Author Image
मङ्गलवार, चैत १४, २०७९

बर्दिया – बर्दियामा एक फरार कसुरदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाकै बढैयाताल गाउँपालिका–७ का ३५ वर्षीय दुखराम थारु छन् ।

बिनाइजाजत रुख काटेको मुद्दामा बर्दिया जिल्ला अदालतले उनलाई एक महिना कैद र १० हजार ९५८ रुपैयाँ जरिवाना सजाय तोकेको थियो । अदालतले गएको वैशाख १४ गते यस्तो सजाए सुनाए पनि थारु फरार थिए ।

मंगलबार (आज) बर्दियाकै गुलरिया नगरपालिका–६ मा लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय बर्दियामा पठाइएको प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर