Aamsanchar

झापा : स्कुटीको भाईजरमा लुकाई ल्याउँदै गरेको ब्राउनसुगरसहित दुईजना पक्राउ

Author Image
बुधवार, चैत १५, २०७९

झापा- झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । मंगलवार दिउँसो ४.३० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीनगर नगरपालिका वडा नं.६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प.३८०७ नम्बरको स्कुटी चालक झापा शिवसताक्षी नगरपालिका वडा नं.१ बस्ने २४ वर्षिय प्रजन्त राई र स्कुटी पछाडी सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं.६ घर भई हाल विर्तामोड नगरपालिका वडा नं.१ डेरा गरी बस्ने २१ वर्षिय सोहन भडेललाई शंका लागेर चेकजाँच गरेको थियो ।

स्कुटीको भाईजरमा लुकाई ल्याउँदै गरेको ४ ग्राम ब्राउनसुगर फेला परेकोले दुबै जनालाई स्कुटीसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर