Aamsanchar

पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध

Author Image
बुधवार, चैत १५, २०७९

काठमाण्डाै – पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज सूचना निकालेर पशुपति क्षेत्रमा प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरेको जनाएको छ ।

प्लाष्टिकजन्य वस्तुको प्रयोगले पपशुपति क्षेत्रमा फोहोर बढेको भन्दै कोषले अब पशुपति क्षेत्रमा प्लाष्टिकजन्य सामग्री नलैजान पनि आग्रह गरेको छ । कोषले ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियानमा जुट्न पनि सबैलाई आग्रह गरेको छ । यस्तै, कोषले पशुपति क्षेत्रमा हरेक शनिबार दिनको दुई घण्टा विशेष सरसफाई भइरहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर