Aamsanchar

सरकारले आज मिटरब्याजी पीडितहरुसँग वार्ता गर्ने

Author Image
बिहिवार, चैत १६, २०७९

काठमाडौं : सरकारले मिटरब्याजी पीडितहरुसँग आज वार्ता गर्ने भएको छ।  गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले मिटरब्याज पीडितहरुलाई बिहान १० बजे सिंहदरबारमा बोलाइएको बताइन्। चैत ५ गते सर्लाहीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका पीडितहरुले बुधबार दिनभर वार्ताको तयारी गर्दै बिताए।

मिटरब्याज पीडित अधिकांशमा स्वास्थ्य समस्या देखिएको छ। आफूहरुका समस्या समाधानका लागि सरकार खोज्दै आएका पीडितहरु माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन्।

यस्तै मिटरब्याजबाट पीडितहरुको समस्याबारे संसद्‌मा आवाज उठेको छ । सांसदहरुले मिटरब्याजी पीडितको मुद्दा सम्बोधन गर्न सरकारले आलटाल गरेको आरोप लगाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)