Aamsanchar

गाइडविना नै सगरमाथा क्षेत्र भ्रमणमा रहेका एक जापनिज नागरिक बेपत्ता

Author Image
बिहिवार, चैत १६, २०७९

साेलुखुम्बु – सगरमाथा क्षेत्र भ्रमणमा रहेका एक जना जापनिज नागरिक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका ५४ वर्षका हितोशी इशिबा गएको सोमवारदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कम्पनी र गाइडविना नै एक्लै भ्रमणमा आएका हितोशी सम्पर्कविहीन भएका खबर दूतावासमार्फत् प्रहरीमा आएको जनाइएको छ ।  उहाँ गएको ९ गते खुम्बुको मन्जो चेकपोष्ट गएको अभिलेख भेटिएको छ ।

त्यसपछि उहाँ कता गए भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी राम किशोर शाहले बताउनुभयो । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर