Aamsanchar

ताप्लेजुङमा चट्याङ लागेर छाेराको ज्यान गयाे, आमा बुबा घाइते

Author Image
बिहिवार, वैशाख १४, २०८०

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गएकाे छ । दुईजना घाइते भएका छन् ।

गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको ज्यान गएकाे हाे ।

चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते हुनुभएकाे छ ।

घाइते दुवै जनाकाे ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर