


काठमाण्डाै – सङ्खुवासभामा सुक्खा पहिरोका कारण अरुण नदी थुनिएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको जलाशय क्षेत्र फाक्सिन्दा नजिकै ठूलो सुक्खा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
उहाँले अहिले डोजरसहित प्राविधिकको टोली नदी थुनिएकै ठाउँमा रहेको र सुरक्षित तरिकाले पहिरो पञ्छाएर नदीको बहाव सामान्य बनाउन प्रयास भइरहेको पनि बताउनुभयो ।

अहिलेसम्म नदी थुनिँदा कुनै खतरा नरहेको पनि प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 42