Aamsanchar

दोगडाकेदारमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

Author Image
आइतवार, वैशाख १७, २०८०

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकामा गएकाे पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ ।

दोगडाकेदारको सिल्लेगडामा रहेकाे नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको हो  ।

सञ्चार सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीय डम्बर कुँवरले बताउनुभयो । टावरमा समस्या आएपछि टेलिकमको भ्वाइस र इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कबाट विच्छेद हुनुपरेको छ ।

टावरमा समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएकाले छिट्टै समस्या समाधान हुने नेपाल टेलिकम बैतडीको सजित प्याकुरेलले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर