


उदयपुर-उदयपुरको चौदण्डिगढी नगरपालिका-९ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गमा बा.४ख६३१२ नम्बरको हायसले ठक्कर दिँदा घाईते भएका पैदल यात्री चौदण्डिगढी-९ का ६० बर्षीय ललित कुमार पन्जियारलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न गाडी र चालक सप्तरी कन्चनरुप नगरपालिका-१२ का रमेश पौडेललाई इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 43