Aamsanchar

नर्स अनुमा श्रेष्ठ मृत्यु प्रकरणमा कोशी अस्पताल विराटनगरका डाक्टर पक्राउ

Author Image
मङ्गलवार, वैशाख १९, २०८०

काठमाडौं। वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धानका क्रममा प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ । अनुमाको शव आइतबार डा. ढकालको बालाजुस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

ढकाललाई आत्महत्या दुरूत्साहनको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत अनुमा मृत भेटिएको स्थानबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको थियो ।

प्रहरी अधिकृतहरुका अनुसार नोटमा विवाह नभएको विषय उल्लेख गरिएको छ । पारिवारिक स्रोतका अनुसार डा. ढकाल र श्रेष्ठ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । यसबारे परिवारलाई पनि जानकारी थियो र आउजाउ भइरहने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय श्रेष्ठले विवाह गर्न पटकपटक भन्दा ढकालले नमान्ने गरेको पाइएको प्रहरीले जनाएको छ । डा. ढकाल कोशी अस्पताल विराटनगरमा कार्यरत थिए ।

पछिल्लो केही समययता नर्स श्रेष्ठ मानसिक समस्यामा रहेको अस्पताल स्रोतले जनाएको छ । उनी औषधि सेवन गर्दै मनोसामाजिक परामर्श पनि गराइरहेकी थिइन् ।

उनको मृत्यु भएपछि परिवारले डा. ढकाल  र उनका बुबाविरूद्ध किटानी जाहेरी दर्ता गराएकाे थियाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर