Aamsanchar

हिमपहिरोमा हराएका पाँचको अवस्था अज्ञात, खोजी कार्यमा कठिनाइ

Author Image
बुधवार, वैशाख २०, २०८०

काठमाडौं : दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा बेपत्ता भएका पाँचजनाको खोजी कार्यमा कठिनाइ भएको छ।

निरन्तर हिमपात भइरहेका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।

यार्सागुम्बा संकलन गर्न गएकामध्ये पाँचजना हिमपहिरोमा परी मंगलबार ३ बजे बेपत्ता भएका थिए। नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा र कमला कुँवर र प्रवीण कुँवर बेपत्ता भएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएकाहरू बासका लागि राखिएको पाल भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेका हुन्।

हिमपहिरोमा फसेकामध्ये आठजनाको उद्धार गरेको प्रमुख जिल्ला अधिकारीले जोशीले जानकारी दिइन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नम्बर ५० गुल्म छाङरुको टोली उद्धारमा खटिएको छ। हिमपात रोकिएपछि खोजी कार्य जारी राख्ने जोशीले बताइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर