Aamsanchar

प्रतिबन्धित औषधी सहित महिला पक्राउ

Author Image
बुधवार, वैशाख २०, २०८०

सुनसरी- सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषधी साहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो साढे ३ बजे डेरामा बस्दै आएका २४ बर्षीय उर्मीला चौधरी र निजको श्रीमान सुदेश राईले औषधी बिक्री बितरण गरीरहेको छ भन्ने बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले निजहरुको डेराबाट चौधरीलाई ट्रमाडाेल, हाइड्राेक्लाेरिड क्याप्सुल एल पि Teercare-50 लेखिएको प्रतिबन्धित औषधी ४ हजार ४ सय २० गोटी र नगद २६ हजार रुपैया सहित नियन्त्रणमा लिन सफल भएको हो ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेकी चौधरी उपर थप अनुसन्धान भईरहेको छ भने राईको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर