Aamsanchar

सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

Author Image
बिहिवार, वैशाख २१, २०८०

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने काममा संलग्न भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाण्डाैले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले हिजाे बुधवार राति बुटवलबाट पक्राउ गरी आज बिहीवार जिल्ला अदालत काठमाण्डाैमा म्याद थपका लागि पेस गरेको थियो ।

सन्दीप नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । रायमाझीसहित यस प्रकरणमा आठ जना पक्राउ परिसकेका छन् । हिजो पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । उनीमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर