Aamsanchar

सिम्रिकको हेलिकोप्टर संखुवासभामा दुर्घटना

Author Image
शुक्रवार, वैशाख २२, २०८०

संखुवासभा – सङ्खुवासभामा हेलिकप्टर दुर्घटना भएको छ । भोटखोला गाउँपालिका–३ मा सामान बोकेको सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर दुर्घटना भएकोबारे जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले पनि हेलिकप्टर सम्पर्कविहीन भएको  जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर