


बझाङ – बझाङमा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा हिमपहिरोमा परि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।
सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परि वैशाख १९ गते मङ्गलवारदेखि बेपत्ता हुनुभएको थियो । सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा सङ्कलन गर्न गएकाे ९ गते उहाँ घरबाट जानु भएको थियो ।
२/३ दिनदेखि लगातार पानी सँगै हिमपात भएपछि उहाँ घर फर्किने क्रममा हिमपहिरामा परेर बेपत्ता हुनुभएको हो । उहाँको शव सोमवार मात्रै फेला परेको वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले बताउनुभयो । यहाँका स्थानीय बासिन्दा र प्रहरीले उहाँको शव फेला पारेका बोहराले बताउनु भयाे ।

उहाँको शव अहिले घर ल्याउने काम भइरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 46