Aamsanchar

विराटनगर महानगरद्वारा खुला रुपमा मासु बिक्री गर्न रोक,अनुगमन तिव्र

Author Image
सोमवार, वैशाख २५, २०८०

विराटनगर – विराटनगर महानगरले खुला रुपमा मासु बिक्री वितरण गर्न रोक लगाएको छ । त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्न सुरु गरेको छ ।

हाटबजारमा खुल्ला रुपमा बिक्री गर्न रोक लगाएको महानगरले सटरमा सञ्चालित पसलको समेत अनुगमनलाई तीव्रता दिएको हो ।

महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादव नेतृत्वको टोलीले सोमबार विराटनगरको रोडशेष र कोसी प्रोजेक्ट आसपासका मासु पसलको अनुगमन गरेको छ ।

सो क्रममा टोलीले पसलको दर्ता, नवीकरण, फोहोर व्यवस्थापनको सदस्य भए नभएको, मासु पसल सञ्चालनका लागि तोकिएको मापदण्ड पूरा भए नभएको लगायतका विषयमा समेत अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर