


ऋषिदेव,४० वर्षीया लिलमदेवी ऋषिदेव, ५५ वर्षीय मदनलाल ऋषिदेव,४५ वर्षीय विशेश्वर ऋषिदेव,६८ वर्षीय सुकल मुखिया,५५ वर्षीया सितयादेवी मुखिया, ७१ वर्षीय रामेश्वर मुखिया र ४३ वर्षीय बुधन मुखिया रहेका छन् । पक्राउ पर्नेमध्ये सुकल, सितयादेवी, रामेश्वर र बुधनलाई प्रतिव्यक्ति ५ सय रूपैयाँ तथा अन्यलाई ३ सय ७५ रूपैयाँ जरिवाना अदालतले तोकेको थियो ।
त्यस्तै,कुटपिट मुद्दाका प्रतिवादी सुनवर्षी–२ का ५५ वर्षीय प्रमोद साह,३६ वर्षीय गंगा साह,३९ वर्षीय अनिल साह, ६० वर्षीय मनोजकुमार साह, ४० वर्षीया दिलकुमारी साह, ५६ वर्षीय गणेश साह र ५१ वर्षीय पुष्पलाल आचार्य पक्राउ परेका छन् । उनीहरुलाई अदालतले प्रतिव्यक्ति ५ सय रूपैयाँ जरिवाना तोकेको डीएसपी दाहालले बताए ।
पक्राउ गरेर प्रहरीले बुधबार नै उनीहरुलाई अदालतमा पेश गरेको छ । जरिवानावापतको रकम भुक्तान गरेर सबैजना छुटेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
यसैबीच,कोसी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म ९ सय ९३ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाबाट ५ सय ९० वर्ष कैद र २ करोड ८८ लाख ९३ हजार ७ सय २६ रूपैयाँ जरिवाना असुल भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार चालु वर्ष सकिन समय बाँकी रहेका कारण पक्राउ पर्ने प्रतिवादीको संख्या बढ्ने छ । प्रहरीले आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ७ सय ३८ जना प्रतिवादीलाई पक्राउ गर्दा ९ सय ६८ वर्ष कैद र ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रूपैयाँ जरिवाना असुल भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ७ सय ४३ जना प्रतिवादी पक्राउ पर्दा ७ सय ३५ वर्ष कैद र ४ करोड ४३ लाख ५८ हजार ९ सय २९ रूपैयाँ जरिवाना असुल भएको थियो ।
प्रदेश प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बास्तोलाले अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए । हत्या,
बलात्कार,चोरी,लागुऔषध,लुटपाट,जुवा,कुटपिट,अभद्र व्यवहारलगायतका विभिन्न अपराधमा संलग्न भएर फरार बनेकाहरुलाई पक्राउ गर्न उनले विशेष टोली खटाएका छन् ।
‘फैसला कार्यान्वयनका लागि प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको छ,’बास्तोलाले भने,‘त्यसक्रममा कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकाहरु धमाधम पक्राउ परिरहेका छन् ।’ अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरू गाउँघरमा लुकिछिपी बसेको भए तत्काल जानकारी दिन उनले सबैमा अनुरोध गरेका छन् । ‘अपराध गरेर फरार बनेका व्यक्तिका बारेमा सूचना दिनेको परिचय गोप्य राखिन्छ,’डीआईजी बास्तोलाले भने,‘प्रतिवादीलाई भने पक्राउ गरेर कानुनको दायरामा ल्याइने छ ।’
उनका अनुसार प्रतिवादी पक्राउ पर्ने क्रम बढेपछि अपराधबाट पीडित बनेकाले न्यायको अनुभूति गर्न पाएका छन् । ‘अपराध गरेका व्यक्ति खुलेआम हिँडडुल गर्दा र पक्राउ नपर्दा पीडितले न्याय महसुस गर्न पाउँदैनन् । उल्टै पीडितले कानुनप्रति शंका गरिरहने वातावरण बन्छ,’बास्तोलाले भने,‘पक्राउ गरेर कानुनको दायरामा ल्याएपछि भने पीडितलाई न्याय र राहत मिल्छ । अपराधरहित समाज निर्माणको अभियानलाई सार्थक बनाउन फरार प्रतिवादी पक्राउ गर्नैपर्ने हुन्छ ।’