Aamsanchar

गल्छिमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या, स्थानीयले गाडी जलाए

Author Image
बिहिवार, वैशाख २८, २०८०

धादिङ ः धादिङको गल्छि गाउँपालिका-८ मा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।

गल्छी–८ निवुवास्थित एक होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी विनोद थापा मगर गम्भीर घाइते भएपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा उनको बाटोमा मृत्यु भएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए।

हत्यामा संलग्न भएको आरोपमा पण्डितसहित ६ जनालाई पक्राउ गरिएको छ।  ​ स्थानीयले घटनाको विरोधमा गल्छी–मैलुङ सडक बन्द गराएका छन्। बन्दकर्ताले एउटा गाडीमा आगजनी समेत गरेका छन्। बन्द सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर