Aamsanchar

जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको अन्त्येष्टि

Author Image
बिहिवार, वैशाख २८, २०८०

काठमाडौं – २०६२/०६३ को जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको बिहीबार अन्त्येष्टि गरिएको छ ।

बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको थियो ।

२०६२ साल चैत २७ गतेको आन्दोलनका क्रममा कायस्थलाई बनेपामा गोली लागेको थियो । त्यतिबेला उनी १५ वर्षका थिए । प्रहरीको गोली लागेर अचेत भएका कायस्थलाई पक्षघात भएको थियो । उनी हिँडडुल समेत गर्न सक्दैन थिए ।

गोली लागेपछि होस गुमाएका उनी १७ वर्षसम्म अर्धचेत अवस्थामै बाँचेका थिए । उनको उपचार तथा मासिक खर्च सरकारले ब्यहोर्दै आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर