


बिराटनगर-कोशी प्रदेश प्रहरी कार्यालय आरआइटि समुहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । चोरी मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७९ जेठ ३१ गतेको सजाय निर्धारण फैसला आदेशले १३ दिन कैद र ५ हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका सुनसरी दुहबी नगरपालिका-३ का २८ बर्षीय निरज कुमार सरदारलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालत दाखिला गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाईएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 45