


मंगलबार बेलुका दमकमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागि अर्जुनधारा नगरपालिका-११ कि निर्मला लिम्बू र चुलाचुली-१ का गजेन्द्र फागोको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भैरहेको छ । उपचाररत उनीहरूको स्वास्थ अवस्था बुझ्न अस्पतालमा पुग्नुभएका थेबेले घाइतेको उपचारका बिषयमा सरकारसग कुरा भैरर्हेको र प्रदेश र केन्द्र सरकारमार्फत उपचारमा लाग्ने खर्च जुटाउने आश्वासन सभापति थेबेले दिनुभएको हो ।
शान्तिपूर्ण आन्दोलन र वार्ता तथा सम्बादमार्फत मात्रै समस्याको समाधान निस्कने बताउदै सभापति थेबेले आन्दोलनरत पक्षलाई आन्दोलन शान्तिपूर्ण बनाउन समेत आग्रह गर्नुभयो ।
उहाले संयुक्त वार्ता टोली बनाएर वार्ता र सम्बादमार्फत समाधान खोज्न कोशी प्रदेश सरकार र सङीय सरकारलाई आग्रह समेत गर्नुभयो ।
नेपाली काङ्ग्रेस झापा सभापति थेबे, सचिब कृष्ण हुमागाइ, जिल्ला सदस्य धर्म लक्सम्बा लगायतको टोलीले निर्मला लिम्बू र गजेन्द्र फागोका बुवा यामप्रसाद फागोसग भेट गरेको थियोे । लिम्बुको देब्रे हातमा चोट लागेको छ भने घुडामा चोट लागेका फागोको आज अप्रेसन गरिएको बताइएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 39