


काठमाडौं –काठमाडौंको तारकेश्वर नगरपालिका–६, चिसापानीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चिसापानीमा बस्दै आएका नुवाकोटका अन्दाजी ३३ वर्षीय पासाङ लोप्चन तामाङको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा सामाखुसीस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धर्मस्थलीबाट तीनपिप्लेतर्फ जाँदै गरेको रा१ख २७३४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा३४प १००७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपर चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 47