Aamsanchar

दाङमा ट्र्याक्टरबाट खसेर एक जना बालकको मृत्यु

Author Image
आइतवार, वैशाख ३१, २०८०

दाङ : दाङमा ट्र्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका  १४ का १४ वर्षीय विनोद चौधरीको मृत्यु भएको हो।

ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता पर्वत केसीले जानकारी दिए।

तुलसीपुर– १४ गोठ्वाबाट ग्वारखोलातर्फ आउँदै गरेको रा १ त ४८९८ नम्बरको ट्र्याक्टरबाट उनी उनी खसेका थिए। घटनापछि ट्र्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर