Aamsanchar

झापाको दमक र बिर्तामोडबाट २ जना महिला पक्राउ

Author Image
आइतवार, वैशाख ३१, २०८०

झापा । प्रतिबन्धित लागुऔषध गाँजासहित झापाको दमक र बिर्तामोडबाट २ जना महिला पक्राउ परेका छन् । दमकको शान्ति मार्गमा लागुऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक,प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल वेलडागीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले वर्ष ६५ की फुलमाया लिम्बु राईलाई १७ केजी गाँजासहित नियन्त्रणमा लिएको हो । त्यसैगरी शुक्रबार प्रहरी पोस्ट नयाँ बसपार्क र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका ५ सुकुम्वासी बस्ती बस्ने वर्ष ६० की सैरुन खातुन भन्ने चम्फा चौधरीले बिक्री गर्न छुट्टाछुट्टै प्लास्टिकमा प्याकगरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर