


बिर्तामोडस्थित महिलामुक्ति अभियान र युनिक मोडल ब्युटिपार्लरको संयुक्त आयोजनामा सञ्चालन गरिने तालिमको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईंले गरेका थिए ।
महिलामुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई अतिथिहरु किराँत याक्थुङ, चुम्लुङका बिर्तामोड अध्यक्ष हिमाल कन्दङ्वा, नेपाल डोरी तान संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा पौडेल, महिला उद्यमी नेपालकी अध्यक्ष शुष्मा पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै सौन्दर्य कला सिकेर आफैंमात्रै प्रयोगमा ल्याउन सकेमात्रै पनि महिलाहरुको सौन्दर्यमा हुने ठूलो धनराशी बचत हुने धारणा राखेका थिए ।
महिला मुक्ति अभियानकी सचिव पूर्णावती लिम्बुले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि आयोजकका तर्फबा धनु कन्दङ्वाले गरेकी थिइन । तालिममा झापाका विभिन्न पालिका तथा इलामकासहित ४० जना बढी भएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 46