Aamsanchar

कर्मचारीले घुस मागे बालेन साहलाई यो नम्बरमा गर्नुस् फोन

Author Image
मङ्गलवार, जेठ २, २०८०

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफ्नो अधिकार क्षेत्रभित्रको भ्रष्टाचार सहन गर्न नसक्ने बताएका छन्।

सोमबार राति सामाजिक सञ्जालमा स्टाटस लेखेर साहले महानगरपालिका कार्यालयमा कुनै कर्मचारीले पैसा मागे प्रमाणसहित सम्पर्क गर्न पनि सेवाग्राहीलाई आग्रह गरेका छन्।

उनले भिडियो वा अडियो प्रमाणलाई आधार मान्ने भन्दै विनाप्रमाण भ्रष्टाचारको आरोप नलगाउनसमेत अनुरोध गरेका छन्। ‘कसैले बिना प्रमाण यस्ले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनुभन्दा पनि प्रमाण जुटाउनु होला’, उनले लेखेका छन्।

उजुरीका लागि ९८६३५९२०११ वा ‘वाट्सएप’मा सम्पर्क गर्न सकिने साहले जनाएका छन्। ‘यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ’, उनले भनेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर