


संखुवासभा : तुम्लिङटार विमानस्थलको धावनमार्गकोस्तरोन्नतिभएसँगै बुद्ध एयरको एटीआर ७२ सिटको जहाजले दैनिकउडान भर्ने थालेको छ। तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ। तुम्लिङटार विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटीआर ७२ सिटको जहाजले मंगलबारदेखि दैनिक रुपमा काठमाडौं–तुम्लिङटार–काठमाडौं उडान भर्ने थालेको नागरिक उड्ययनको कार्यालय तुम्लिङटारले जनाएको छ।
२०२८ सालमा स्थापना भएको हिमाली जिल्ला तुम्लिङटार विमानस्थल ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाजले उडान भर्ने थालेको हो। बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा उडानका लागि परीक्षण उडान गरेको थियो। बुद्ध एयरको ७२ सिटको जहाजले उडान भर्ने थालेपछि बिरामी र वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन्। निजी क्षेत्रकोसेवाप्रदायक कम्पनी बुद्ध एयरले एटीआर ७२ सिट क्षमताको जहाजले सेवा विस्तार गरेपछि खुसी व्यक्त गरेका हुन्।
पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्वाध उडान भइरहेको विमानस्थल हो।तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भिडभाड हुने गर्दछ। तुम्लिङटार विमानस्थलमा यात्रुको चाप बढेपछि ७२ सिटे एटीआर जहाजले सेवा विस्तार बुद्ध एयर तुम्लिङटारका स्टेसशन म्यानेजर राम लुइटेलले बताए।

विश्वकै पाँचौ अग्लो हिमाल मकालु,अरुण तेस्रो जलविद्युत आयोजना,पर्यटकका लागि छोटो दूरीको उडानका कारण यस अघि जहाजको टिकट पाउन समस्या भएको छ। तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार ४२० मिटर लामो रहेको छ।
७२ सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ। तुम्लिङटार –काठमाडौंको भाडादर सात पाँच हजार ६ सय ५० भाडा रहेको छ। ठूलो जहाजबाट उडान सुरु भएसँगै भाडादर घट्ने अनुमान गरिएको छ। संखुवासभा,भोजपुर,धनकुटाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।